शुक्रबार, १६ चैत २०८०

अन्ततः प्रचण्डको चीन भ्रमण तय

समयपोष्ट २०७५ भदौ २९ गते ६:५३

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको मिति तय भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा प्रचण्ड शनिवार चीन जाने भएका हुन् ।

Advertisement

प्रचण्ड गत साता मात्र भारतको साताव्यापी भ्रमणबाट स्वदेश फर्केका थिए । प्रचण्डले चीन भ्रमणका क्रममा चिनियाँ उपराष्ट्रपति ली युनचाओसंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ । उनले चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागका उच्च अधिकारीसंग पनि छलफल गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपति ली चिनिया राष्ट्रपति सि जिनपिङका सबैभन्दा विश्वासिला नेता मानिन्छन् । माओवादी केन्द्र र एमालेबीचको पार्टी एकतापछि हुन लागेको प्रचण्डको यो पहिलो चीन भ्रमण हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री