शुक्रबार, ७ वैशाख २०८१

बैतडीमा आत्महत्या गर्ने बढ्दो

समयपोष्ट २०७५ भदौ २८ गते ९:१४

बैतडी जिल्लामा गएको चार वर्षमा ११५ जनाले आत्महत्या गरेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार यस जिल्लामा आत्महत्या गर्नेको संख्या हरेक वर्ष क्रमिक रुपले बढ्दै गएको छ । आर्थिक वर्ष २०७१÷७२ मा १६ जनाले आत्महत्या गरेकामा आव २०७२÷७३ मा यो संख्या बढेर २९ जना पुग्यो । आव २०७३÷७४ मा यो संख्या अझै बढेर ३६ पुग्यो । गत आवमा ३१ जनाले आत्महत्या गरेको तथ्याँक छ ।
जिप्रकाका प्रहरी प्रवक्ता कान्तिराज जोशीका अनुसार चालु आवको आजको दिनसम्म ३ जनाले आत्महत्या गरी मृत्युवरण गरेका छन् ।
बैतडीमा आत्महत्या गर्नेको संख्या डरलाग्दो देखिएकाले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो रहेको विज्ञहरु बताउँछन् ।

बैतडीका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रेले आत्महत्या मानसिक असन्तुलनको उपज भएकाले यसको रोकथामका लागि परिवारको सहयोग जरुरी हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “घरेलु हिंसा न्यून गर्न सकिए आत्महत्याको दर पनि घट्छ । यसको रोकथाम गर्नु समग्र समाजको दायित्व भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुुपर्छ । ”
आत्महत्याका घटना बढ्नु जानाका मुख्य कारण तनाव भएको मनोविज्ञान सम्प्रदाय नेपाल (टिपस)का डा नरेन्द्र ठगुन्ना बताउनुहुन्छ । उहाँ आत्महत्याको घटनामा कमी ल्याउन विद्यालयस्तरदेखि नै मनोशिक्षाको अध्यापन गराउनुपर्ने विचार राख्नुहुन्छ । टिपसका अनुसार देशभर आव २०७४÷७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरेका थिए ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री