शुक्रबार, १६ चैत २०८०

साल्ट ट्रेडिङले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने

समयपोष्ट २०७५ भदौ २७ गते १०:०४

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले कृषि प्रधान मुलुकमा सवै खाद्यबस्तु बाहिरबाट मगाएर खानुपर्ने अवस्था आउनु दुर्भाग्य भएको बताएका छन् । उनले यसबारेमा सवैपक्षबीच छलफल गर्न ढिला गर्नू नहुने पनि बताए ।

Advertisement

साल्ट ट्रेडिङ कर्पोरेशनको ५६ औं बार्षिकोत्सव समारोहलाई बुधबार काठमाडौमा सम्बोधन गर्दै मन्त्री यादवले ठुलो मात्रामा खाद्यबस्तु आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको भन्दै त्यसका लागि सवैको सहयोग अनिवार्य रहेको धारणा राखे ।

‘सम्बृद्ध नेपाल सुखी नेपालीको नारा अहिले चलिरहेको छ । यसका लागि सरकारले गरेरमात्रै हुदैन सवै एकजुट भएमात्रै सम्भव हुन्छ’ मन्त्री यादवले सम्बोधनका क्रममा भने, ‘एउटै घरमा कहिलेकाहीं ठाकठुक पर्छ, मजदुर साथीहरुले सरकारी काम कहिले जाला घाम जस्तो गर्नुहुन्न । सेवामुलक ढंगले काम गर्नुपर्छ । सरकारले गर्नुपर्ने सहयोग गर्न तयार छौ ।’

मन्त्री यादवले साल्ट ट्रेडिङले उदेश्य अनुरुप काम गरिरहेको भन्दै ग्याँस, मल चिनी उपभोक्तासम्म पुर्याउने काम भइरहेको बताए । उनले दुई संस्थाले मल कारोबार गर्ने जिम्मा लिएपनि अभाव भएकोमा असन्तुष्टि जनाए ।

दशैं तिहार र छठ पर्वलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल

साल्ट ट्रेडिङ लिमिटेड कर्पोरेशनले दशैं तिहार र छठ पर्वलाई मध्यनजर गर्दै विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

त्यस्तै मोवाइल भ्यानबाट विभिन्न ठाउँमा खाद्य बस्तु पनि बिक्री गर्ने योजना बनाएको पनि कर्पोरेशनले जनाएको छ । कर्पोरेशनले आफ्नो ५६ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सो कुराको जानकारी गराएको हो ।

प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले लिमिटेडले आम जनतलाई गुणस्तरीय सामान सुपथ मूल्यमा विक्री गर्दै आएको बताइन् । उनले लिमिटेडले आफ्ना सेवा सातै प्रदेशमा विस्तार गरेको भन्दै कृषि विकासमा सहयोग पुर्याउन अनुदानको मल र कृषि औजार बिक्री गरेको, गहुँको बिउ प्रशोधन गरेर किसानसमक्ष पर्याएको तथा प्रशोधित तोरीको तेल उद्योग स्थापनाको तयारी भइरहेको बताइन् ।

त्यस्तै उनले ५ सयलाई स्वदेश र आठ जनलाई थाइल्याण्डमा तालिम दिएर दक्ष जनशक्ति तयार गरिरहेको भन्दै कर्पोरेशनबाट वितरण हुने ग्यास र आयोडिनयुक्त नुनको विक्री बढेको जानकारी पनि दिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री