बिहीबार, १३ वैशाख २०८१

भृकुटीमण्डपमा नाडा अटो शो सुरु, १९ ब्राण्डका ४ पाङग्रे, २० ब्रान्डका २ पाङग्रे (फोटो फिचर)

समयपोष्ट २०७५ भदौ २६ गते १०:३३

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट नाडा अटो– शो सुरु भएको छ । सवारी साधनहरुको समग्र जानकारी दिने उद्देश्यले नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालले नाडा अटो शो आयोजना गरेको हो ।

Advertisement

अटो शो को उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण लिएर गाडी खरिद नगर्न व्यवसायीहरुलाई आग्रह गर्नु भयो । उहाँले ऋण लिएर गाडी खरिद गर्दा मुलुकको अर्थतन्त्र झनै ओरालो लाग्नेतर्फ व्यवसायीहरुलाई सचेत पनि गराउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको अटो मोवाइल्स क्षेत्रको प्र्रवद्र्धनमा आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नु भयो ।

उहाँले मुलुकको व्यापार घाटालाई कम गर्न पनि अटो मोवाईल्स क्षेत्रले योगदान दिनसक्ने पनि स्मरण गराउनु भयो । शो मा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्रान्डका २ पाङग्रे सवारी साधनहरु राखिएको छ ।

अटो शोमा यस वर्ष ७१ वटा कम्पनीहरुको सहभागिता रहेको छ । ६ दिनसम्म चल्ने शोमा १ सय ४ वटा स्टल रहेका छन । अटो मोवाईल्स क्षेत्रले गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा २० प्रतिशत योगदान दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री