शुक्रबार, १४ वैशाख २०८१

न्यायाधीश जोशी सर्वोच्च फर्कनुुभयो

समयपोष्ट २०७५ भदौ २६ गते ८:०९

प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बस्नुभएका न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्कनुभएको छ।

Advertisement

जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो । सुनुवाइपछि जोशी बिदामा बस्नुभएको थियो । सोमबार साँझ नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि न्यायाधीश जोशी सर्वोच्च अदालत आउनुभएको थियो ।

न्यायाधीश जोशी आजदेखि सर्वोच्च अदालतमा काममा फर्कनुभएको सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । जोशी काममा फर्कनु भए पनि उहाँको नाममा मुद्दाको पेशी भने तोकिएको छैन ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री