शुक्रबार, ७ वैशाख २०८१

गरिमा विकास बैंकले १३.७५ प्रतिशत लाभांश वितरण गर्ने

समयपोष्ट २०७५ भदौ २६ गते ६:१३

गरिमा विकास बैंकले शेयरधनीहरुलाई गत बर्षको कमाईबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पूँजीको कुल १३.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Advertisement

जस अनुसार बैंकले १० प्रतिशत बोनस शेयर र कर सहित ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले अघिल्लो वर्ष १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएपश्चात बैंकको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री