शनिबार, ८ वैशाख २०८१

भोलि उपत्यकाका यी स्थानमा सवारी नचल्ने, यस्तो छ नयाँ रुट

समयपोष्ट २०७५ भदौ २६ गते ५:५७

तीजको दिन पशुपतिनाथ मन्दिर परिसर भएर चल्ने सवारी साधनका लागि नयाँ रुट व्यवस्थापन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बागमती करिडोरका केही रुटमा पूर्ण रूपमा यातायात प्रतिबन्ध लगाउँदै अन्य क्षेत्रमा निश्चित स्थान तोकेको हो ।

Advertisement

महाशाखाका अनुसार नयाँ बानेश्वर,तीनकुने भएर चक्रपथ परिक्रमा गर्ने सवारी साधनलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर बानेश्वर हुँदै सिनामंगलसम्म र सोही रुट भएर फर्कने व्यवस्था गरिएको छ । यस्तै, रातोपुल गौशाला हुँदै चावहिल बौद्धतर्फ चल्ने सवारी साधनलाई पुरानो बसपार्क भोटाहिटी, जमल हुँदै लाजिम्पाट, नारायण गोपाल चोकबाट चावहिल जान पाउने व्यवस्था गरिएको छ ।

रातोपलु गौशाला भएर चल्ने माइक्रो बस र टेम्पोहरूलाई रत्नपार्क, भद्रकाली, जमल हुँदै सानो गौचरण, कालोपुल तथा सिफलबाट चल्ने व्यवस्था मिलाइएको छ।

श्ंखमूल नयाँ बानेश्वर हुँदै पुरानो बानेश्वर भएर चल्ने माइक्रोबस र टेम्पोहरूलाई पुरानो बानेश्वरबाट सेतोपुल हुँदै करिडोरको बाटोबाट कालोपुल निस्कने व्यवस्था मिलाइएको छ।

तीनकुने गौशालातर्फ भएर चल्ने मालवाहक सवारी साधनलाई दिनभर चल्न रोक लगाइएको छ। यस्तै, नारायणटार पुलबाट करिडोरको बाटो भएर चल्ने सबै मालवाहक सवारीलाई पनि चलाउन रोक लगाइएको छ। पानी ट्याङ्करलाई पनि उक्त रुटमा रोक लगाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री