शनिबार, १५ वैशाख २०८१

भल्क्सवागनको पोलो १.० कार बजारमा, यस्ता छन् मुल्य र बिशेषता

समयपोष्ट २०७५ भदौ २५ गते ८:३५

नेपालको लागि भल्क्सवागनको आधिकारिक विक्रेता पूजा इन्टरनेशनल नेपालले पोलो १.० बजारमा सार्वजनिक गरेको छ । ९९९ सीसी र ७६ एजपी इन्जिन क्षमता रहेको सो गाडीको मुल्य २६ लाख ९५ हजार रुपैयाँ पर्ने कम्पनीले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।

Advertisement

कम्पनीले दशैंको अवसरमा गाडीको मुल्यमा विशेष छुटको व्यवस्था गरेको समेत जनाएको छ । जस अनुसार गाडी बुक गर्ने प्रथम सय ग्राहकले २५ लाख ५० हजारमा गाडी पाउने छन् ।

उक्त मोडलको गाडीमा सुरक्षाका विभिन्न व्यवस्था एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), एयर ब्याग, गाल्भनाइज्ड बडि, पावर विन्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टर सहितको एयर कन्डिसन, पावर स्टरिङ आदि समावेश छ ।

यसअघि फल्क्सवागनको पोलो गाडी १६०० र १२०० सीसीमा उपलब्ध थियो । आर्थिक वर्ष ०७५/०७६ को बजेटमा व्यवस्था भए अनुसार १००० सीसीभन्दा माथिका गाडीमा कर वृद्धि गरिए पनि यो नयाँ मोडलको गाडी खरिद गर्ने उपभोक्तालाई कर वृद्धिले कुनै असर नपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री