शुक्रबार, १६ चैत २०८०

संविधान दिवसः महानगर झिलिमिली बन्ने

समयपोष्ट २०७५ भदौ २५ गते ९:०६

काठमाडौंँ महानगरपालिकाले आगामी संविधान दिवस मनाउने क्रममा महानगरलाई झिलिमिली बनाउने भएको छ ।

Advertisement

आगामी असोज ३ गते मनाइने संविधान दिवसका लागि कामपा वृक्षरोपण, सरसफाइ, सजावट, पुष्पवृष्टि, विकासे र सांस्कृतिक झाँकी प्रदर्शन र सजावटको काममा लागेको छ । मूल समारोह अवधिभर दमकल, एम्बुलेन्सलगायत आवश्यक सेवा तैनाथ, मञ्चको विशिष्ट कक्षलगायत स्थानमा पिउने पानीको व्यवस्था र ध्वनिको व्यवस्था गर्ने कामपाले जनाएको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले संविधान दिवस मनाउनका लागि तयारी गर्न सम्बन्धित सबै विभागीय प्रमुखलाई निर्देशन दिँदै सबै काम दिगो र प्रभावकारी रुपमा गर्नुपर्ने बताउनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले ५ फिटभन्दा कम उचाइका विरुवा नरोप्न, रोपिएका विरुवालाई रोप्ने व्यक्ति वा संस्थालाई नै हुर्काउने जिम्मा लिन र बिरुवा रोपेर विज्ञापन राख्ने काम बन्द गर्न वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी महाशाखालाई निर्देशन दिनुभयो ।

दिवसका दिन मूल कार्यक्रममा सहभागी हुन आउने नागरिकलाई अघिल्ला वर्षमा जस्तो घाममा उभ्याउन नलगाई व्यवस्थित रुपमा बस्नका लागि स्थान तथा आवश्यक परेमा स्वास्थ्य सेवा र पानीको व्यवस्था कामपाले गर्नेछ । त्यससँगै ध्वजा पताकासहितको तोरण र बेलुन उडाइने तथा काठमाडौँ उपत्यकाका सबै नगरपालिकाको परम्परागत, सांस्कृतिक र जातीय पहिचानसहितको झाँकी र विभिन्न पेशागत समूहको प्रदर्शनमा महानगरले समन्वय गरिने काम कामपाको रहने बताइएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री