मंगलबार, ११ वैशाख २०८१

पत्ता लाग्लान निर्मला पन्तका हत्यारा

समयपोष्ट २०७५ भदौ २४ गते १५:००

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या आरोपमा केही समयअघि सार्वजनिक गरिएका आरोपी दिलीपसिंह विष्टमाथि अनुसन्धानका लागि आज दुई दिन म्याद थप गरिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गत भदौ ४ गते भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई बालिका निर्मलाको हत्या आरोपमा सार्वजनिक गरेको थियो ।

लगत्तै यहाँका स्थानीय बासिन्दाले मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई सार्वजनिक गरेर घटनाको यथार्थ लुकाउन प्रहरी लागेको भन्दै आन्दोलन सशक्त बनाएका थिए । आन्दोलनले उग्र्ररुप लिँदा भएको झडपमा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका–१८ का भगतपुरका सनी खुनाले शहादत प्राप्त गरेका थिए ।

जिल्ला प्रहरीमा आएको नयाँ नेतृत्वले अभियुक्त विष्टको मानसिकलगायत शारीरिक अवस्था जाँचका लागि काठमाडौँ पठाएको थियो । शनिबार भीमदत्तनगर पु¥याइएका विष्टमाथि थप अनुसन्धानका लागि आइतबार जिल्ला अदालत कञ्चनपुरले दुई दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो ।

“विष्टसँगै अस्पतालका सबै कागजात सिल गरेर यहाँ ल्याइएको छ”, उक्त काण्डको अनुसन्धान अधिकृतसमेत रहनुभएका ओझाले भन्नुभयो, “हामीले अनुसन्धान सकेपछि सबै कागजातसहित अदालतमा पेश गर्छौं ।” रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री