शनिबार, ८ वैशाख २०८१

विद्युतीय यातायातका साधनबारे नीति बन्दै

समयपोष्ट २०७५ भदौ २३ गते ३:२४

गतिशीलता आर्थिक विकासको महत्वपूर्ण संवाहक भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले छिट्टै विद्युतीय तथा यातायातका लागि वैकल्पिक इन्धनबारे नीति ल्याउने बताउनुभयो ।

Advertisement

‘मुभ ग्लोबल मोविलिटी समिट’ लाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्रीले भन्नुभयो, हामीले छिट्टै विद्युतीय गाडीका लागि स्थिर खालको नीति ल्याउने बताउनुभयो । हाम्रा धरोहर र आगामी सन्ततिप्रतिको प्रतिवद्धता भएकाले त्यसका लागि आफ्नो सरकार प्रतिवद्ध रहेको उहाँको भनाई थियो ।

अन्य मुलुकमाजस्तो प्रतिव्यक्ति गाडी सङ्ख्या कम रहेकोले भारतसँग प्राकृतिक शक्ति र तुलनात्मक रूपमा सुअवसर रहेको छ ।

उहाँले भन्नुभयो, “गतिशीलता आर्थिक विकासको मुख्य संवाहक हो । राम्रो परिवर्तनले यात्रु र यातायातको भारलाई कम गर्छ र अर्थतन्त्रलाई वढावा दिन्छ । यसले नयाँ पिँडीलाई रोजगारीका अवसर सिर्जना गर्छ ।”
भारतीय प्रधानमन्त्रीले भन्नुभयो, “वास्तवमा भारत चलायमान छ । भारतीय अर्थतन्त्र चलायमान छ । हामी विश्वमा शीघ्र आर्थिक वृद्धिका लागि नमूना राष्ट्र बन्न सफल भएका छौँ । हाम्रा शहर र बजारमा वृद्धि छ । हामीले शीघ्र गतिमा सडक, विमानस्थल, रेलमार्ग र बन्दगाह निर्माण गरिरहेका छौँ ।”

उहाँले भारतमा गत बर्ष उल्लेखनीय मात्रामा सामान तथा सेवाकरमा वृद्धि आएको र सामानको बजार कायम भएको बताउनुभयो ।

प्रधानमन्त्री मोदीले साझा, जोडिएका, विश्वशनीय, भीडभाडरहित, सफाईजस्ता भारतीय विकासका लागि आफ्नो दृष्टिकोणलाई उक्त अवसरमा सार्वजनिक गर्नुभएको थियो ।

शुक्रबार भएको कार्यक्रममा विश्वभरबाट करिब २०० विज्ञहरूले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री