बिहीबार, १५ चैत २०८०

मेगा बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

समयपोष्ट २०७५ भदौ २२ गते ८:४७

मेगा बैंक नेपाल लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

Advertisement

सम्झौता पत्रमा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनीका कायममुकायम सिइओ सुनिल बल्लभ पन्तले हस्ताक्षर गरे ।

यससंगै बैंकका ग्राहकहरुले देशभरिका शाखाबाट एनएलजी इन्स्योरेन्समा निर्जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

सम्झौताले घर, गाडी, व्यावसाय, दुर्घटना बिमा लगायतका निर्जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री