शुक्रबार, ७ वैशाख २०८१

प्रियंका र निकको इन्गेजमेन्टबारे पुर्व प्रेमिका कल्पोले बल्ल खोलिन् मुख

समयपोष्ट २०७५ भदौ २१ गते ५:५२

अमेरिकी गायक निक जोनसकी पुर्व प्रेमिका ओलिविया कल्पोले प्रियंका र निकको इन्गेजमेन्टबारे प्रतिकृया दिएकी छिन् । उनले प्रियंका र निकको इन्गेजमेन्टमा आफू निकै खुसी भएको बताएकी छिन् ।

Advertisement

कल्पोले भनिन्, ‘मलाई लाग्छ कि मानिसले कुनै पनि बेला आफ्नो प्रेम पाउन सक्छ, बिशेषगरी यो क्षेत्रमा किनभने यहाँ साँचो प्रेम पाउन निकै गाह्रो छ ।’उनले भनिन्, ‘त्यसकारण म उनीहरुका लागि निकै खुसी छु । कामना गर्छु कि हरेकले प्रेम र खुसी पाउन् । म उनीहरुलाई पनि शुभकामना दिन्छु ।’

सन् २०१२ की मिस युनिभर्स ओलिविया र निकको सम्बन्ध सन् २०१५ मा नै समाप्त भएको थियो । कल्पो आजकाल डेनी अमेन्डोलालाई डेट गरिरहेका छन् जो फुटबल क्लब मियामी डल्फिनबाट खेल्छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री