शनिबार, १५ वैशाख २०८१

सर्पदंशको उपचार गाउँमै

समयपोष्ट २०७५ भदौ २१ गते ५:३९

बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीमा आजदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको रु २० लाख ५० हजार आर्थिक सहयोग र नेपाली सेनाको रु नौँ लाख ६२ हजार बराबरको श्रमदानबाट उक्त केन्द्र निर्माण गरिएको हो ।

Advertisement

सर्पदंशका विरामीको उपचारमा सहजता ल्याउन स्थानीय बासिन्दाले केन्द्रमा रु २० लाखको अक्षयकोष पनि स्थापना गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री मेहर गणको सक्रियता तथा प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त केन्द्र गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले उदघाटन गर्दै सर्पदंशको उपचारका लागि अब नेपालगञ्ज पुग्नुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो ।

तीन शय्याको उक्त केन्द्रबाट राप्तीसोनारी गाउँपालिका र त्यस आसपासका क्षेत्रका ५१ हजारभन्दा बढी नागरिक लाभान्वित हुने बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री