मंगलबार, ४ वैशाख २०८१

लक्ष्मी बैंक र के–ल्याबबीच न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने सम्झौता

समयपोष्ट २०७५ भदौ २० गते ९:३२

लक्ष्मी बैंक र क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टर (के– ल्याब) बीच न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्य सहित एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

सम्झौतापत्रमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र के–ल्यावका तर्फबाट कान्ति थापाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि लक्ष्मी बैंकका ग्राहक एवं कर्मचारीहरुले के–ल्यावले प्रदान गर्ने विभिन्न सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

लक्ष्मी बैंकका ४६ जिल्लाहरुमा ९० शाखा, ३ वटा हस्पिटल काउन्टर, १०६ एटिएम तथा २५०० रेमिट्यान्स एजेन्ट तथा ५१ शाखारहित बैकिङ्ग एजेन्टहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री