बिहीबार, १५ चैत २०८०

हस्तमैथुन महिला र पुरुषको दाँजोमा कसले बढी गर्छन् ?

समयपोष्ट २०७५ भदौ २० गते ८:०८

हस्तमैथुन एउटा सामान्य यौन व्यवहार हो । जुन किशोरावस्थामा अधिकांश किशोर किशोरीहरुले गरेको पाइन्छ । हस्तमैथुनले किशोर किशोरीमा उत्पन्न हुुने यौन इच्छालाई व्यवस्थापन गर्न निकै महत्वपूर्ण भुमिका खेलेको हुन्छ । विशेषगरी अविवाहित किशोर किशोरीहरुले हस्तमैथुन गर्ने भएपनि केहीमा भने विवाहपछि पनि यो बानी रहेको हुन्छ ।

Advertisement

सन्तुलित हस्तमैथुनले शारीरिक तथा मानसिक फाईदा हुने बताइन्छ । तर अत्याधिक हस्तमैथुन गर्दा भने शरीरमा नकारात्मक असर पनि पर्न जान्छ । पुरुष तथा महिला दुबैले आफ्नो यौनांङ चलाएर हस्तमैथुन गर्ने गर्छन् ।

भारतमा गरिएको एक अनुसन्धानका अनुसार ४८ प्रतिशत केटीहरु र ७३ प्रतिशत केटाहरुले हस्तमैथुन गर्ने गरेको पाइएको छ । सो अनुसन्धानमा १४ देख १७ बर्ष उमेर समूहका किशोर किशोरीहर सहभागी थिए ।

त्यस्तै २५ देखि २९ बर्ष उमेरका युवाहरुमा गरिएको अर्को अनुसन्धानमा ८५ प्रतिशत महिला र ९४ प्रतिशत पुरुषले हस्तमैथुन गरेको पाइएको छ । यसबाट केटाहरुले केटीको तुलना बढि हस्तमैथुन गर्ने देखिएको छ । तर केटीहरुको संख्या पनि कम देखिदैन् ।

अत्यधिक हस्तमैथुन गर्दा महिलामा केही नकरात्मक असर पर्न सक्छ । यसबाट उनीहरुको वैवाहिक जीवनमा नकारात्मक हुन् सक्छ । किनभने हस्तमैथुनको लतमा फसेका महिलाले विहेपछि पनि पतिसँगको यौन सम्बन्ध रुचि राख्दैनन् । यो कुरा पुरुषको हकमा पनि लागू हुन सक्छ । यसबाट छटपटी बढ्नुका साथै तनाव र चिडचिडाहट पनि बढ्छ । यसले महिनावारीमा गडबढी देखिन पनि सक्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री