बुधबार, २४ जेठ २०८०

ऊर्जामन्त्री बंगलादेश प्रस्थान

समयपोष्ट २०७५ भदौ २० गते ७:१५

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अन्नत’ बंगलादेश प्रस्थान गरेका छन् । उनी बुधबार मध्याह्न पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बंगलादेशको ढाका प्रस्थान गरेका हुन् ।

Advertisement

बंगलादेश सरकारले आयोजना गर्न लागेको ‘पावर एण्ड इनर्जी वीक’ कार्यक्रममा सहभागी हुन मन्त्री पुन ढाका गएका हुन् ।

ढाका बसाइको क्रममा प्रधानमन्त्री शेख हसिना र समकक्षी नसरुल हमिदसँग भेटवार्ता पनि गर्ने मन्त्री पुनको सचिवालयले जनाएको छ । भेटवार्तामा ऊर्जा क्षेत्रमा थप सहकार्य गर्नेबारे छलफल हुने बताइएको छ ।

गत महिना नेपाल र बंगलादेशबीच इनर्जी को-अपरेशनमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री