शुक्रबार, १६ चैत २०८०

ठगी डेढ अर्ब, २० करोड असुली !

समयपोष्ट २०७५ भदौ २० गते १:३४

एक वर्षमा वैदेशिक रोजगारीमा डेढ अर्बभन्दा बढीको ठगी भएको छ। यसरी ठगिएकामध्ये २० करोड रुपैयाँ मात्रै असुली भएको छ।

Advertisement

वैदेशिक रोजगार विभागका अनुसार गत अर्थिक वर्ष ०७४÷७५ मा एक अर्ब ५२ करोड २० लाख ७१ हजार २५५ रुपैयाँ ठगी भएको छ। तर ठगी भएकामध्ये असुली दर निकै कम छ।

विभागका अनुसार उक्त अवधिमा २० करोड १९ लाख ९४ हजार ८७१ रुपैयाँ मात्रै असुली भएको हो ।

विभागका निर्देशक उद्धवप्रसाद रिजालका अनुसार कागजात नहुँदा पीडितले दाबी गरेअनुसार रकमअसुली गर्न समस्या भएको छ। ‘हामी आपसी सहमतिमा मिलापत्र गराउँछौँ’, उनले भने।

पीडित पक्ष र पीडकसँग छलफल र सहमतिपछि पीडकबाट रकम भराउने गरिएको उनले बताए। वैदेशिक रोजगारीमा जानेमध्ये दैनिक ६ जना ठगिने गरेका छन्।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री