शनिबार, ८ वैशाख २०८१

‘बाख्रामा पनि कर लगाएको भन्दै भ्रमको खेती गरिदैँछ’

समयपोष्ट २०७५ भदौ १९ गते १५:३२

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले करको सन्दर्भमा सामाजिक सञ्जालमा व्यापक भ्रम सिर्जना गरिएको बताउनुभएको छ ।

Advertisement

कावासोतीमा आज पत्रकारसँगको भेटमा उहाँले सामाजिक सञ्जालमा खोला तर्दा, शव पोल्दा, माग्नलाई पनि कर लगाएको भनेर भ्रम सिर्जना गरिएको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “बाख्रामा पनि कर लगाएको छ भन्दै भ्रमको खेती भइरहेको छ । करका विषयमा बढाइचढाई नभएको कुरा गरिँदैछ ।” कतिपयले सङ्घीयता कसरी असफल पार्न सकिन्छ भनेर पनि करका विषयलाई बढी नकारात्मक ढङ्गले उठाएको मन्त्री गुरुङ बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले घुस दिन खुशी हुने तर कर तिर्न भने दुखी हुने प्रवृत्ति भएको बताउनुभयो । करको दायरामा सबैलाई समेट्न नसक्ने हो भने समृद्धि र परिर्वतन आउनसमेत नसक्ने बताउँदै उहाँले सरकारले अनावश्यक करको बोझ नथोपर्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री