बुधबार, १२ वैशाख २०८१

दुग्ध चिस्यान केन्द्र स्थापना

समयपोष्ट २०७५ भदौ १९ गते ८:०४

जाजरकोट जिल्लामा पहिलोपटक दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ सोलावाङमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको हो ।

Advertisement

जिल्लामा भएको दूध सङ्कलन गरी जिल्ला बाहिर निर्यात गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक चिस्यान केन्द्र स्थापना गरिएको हो । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको रु ७९ लाख ९९ हजार ९५० र नागरिक दुग्ध सहकारी संस्थाको रु १६ लाख २५ हजार गरी ९६ लाख २४ हजार ९५० को लागतमा तीन हजार लिटर क्षमताको चिस्यान केन्द्र स्थापना गरिएको छ ।

केन्द्रका लागि चिलिङ भ्याट र त्यसका लागि आवश्यक सम्पूर्ण सामग्री र एउटा गाडीसमेत गरी रु ९६ लाखमा खरीद गरिएको र दूध सङ्कलनका लागि अर्को गाडी ल्याउने तयारीमा रहेकाले केन्द्रले बताएको छ ।
जिल्लामा उत्पादित दूधको सदुपयोग र बाहिर निर्यातका लागि चिलिङ भ्याट स्थापना गरिएको सहकारीका अध्यक्ष धीरन शेर्पालीले बताउनुभयो । शुरुमा मुसिकोट नगरपालिका, सानीभेरी, त्रिवेणी गाउँपालिकाका विभिन्न बस्तीमा उत्पादित दूधलाई बजार लिने उद्देश्यसहित चिलिङ भ्याट स्थापना गरिएको उहाँको भनाइ छ ।

असोज पहिलो साताबाट दूध सङ्कलन शुरु हुने छ, सङ्कलित दूध जिल्लामा पुगेपछि जिल्ला बाहिर निर्यात गर्ने योजना सहकारीका अध्यक्ष शेर्पालीले बताउनुभयो । अहिले तत्काललाई दाङको लमही र नेपालगञ्ज दूध पठाइने छ । दूध सङ्कलनका लागि ठाउँ ठाउँमा केन्द्र खोलिएको छ । मुसिकोट नगरपालिकाको झुल्खेत, साधनचौर, त्रिवेणी गाउँपालिकाको झुल्नेटा, सिम्रुतु, पितिवाङ, पेउघा, सानीभेरी गाउँपालिकाको सिम्ली, गरायालना र बाँफिकोट गाउँपालिकाको छिनखेतलगायतका स्थानमा दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ । सहकारीले दैनिक दुई हजार ५०० लिटर दूध सङ्कलनको अपेक्षा गरेको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री