शुक्रबार, १४ वैशाख २०८१

दशैं–तिहारकोे अवसरमा बजाजको पाकेटफुल योजना

समयपोष्ट २०७५ भदौ १९ गते ४:०७

बजाज मोटरसाइकलको आधिकारीक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले यसपालीकोे दशैं–तिहारकोे अवसरमा आफ्ना समस्त ग्राहकहरुको पाकेट भर्नको लागि बजाज पाकेटफूल नामक ग्राहक योजना ल्याएको छ ।

Advertisement

यो योजनामा बजाजको कुनै पनि मोटरसाईकल खरिद गर्दा एउटा स्क्र्याच कार्ड प्राप्त हुनेछ । जसको एउटा भागमा स्त्र्mयाच गर्ने ठाउँ हुनेछ भने अर्को भागमा पाकेटफुल साप्ताहिक लक्की ड्र कुपन हुन्छ । स्क्र्याच कुपनबाट तत्कालै ग्राहकले १ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

योजना अवधिभर साप्ताहिक पाकेटफुल लक्की ड्र कुपन मध्येबाट हरेक हप्ता लक्की ड्र गरि एकजना भाग्यशाली विजेताको घोषणा हुनेछ, जसले पाकेटफुल कार्यक्रममा गई पाकेटफुल गर्ने मौका पाउनेछन् ।

साप्ताहिक पाकेट फुल कार्यक्रमको प्रसारण टेलिभिजनबाट हुनेछ, जसमा विजेताले तोकिएको समय भित्र बढीभन्दा बढी पैसारुपी कुपनहरु समातेर आफ्नो पाकेटहरु फुल गर्नुपर्नेछ, सोही कुपन बराबरको रकम विजेतालाई प्रदान गरिनेछ ।

चाडपर्वको बेलासबैलाई पैसाको सबैभन्दा बढी आवश्यकता हुने भएकोले बजाज पाकेटफूल मार्फत् ग्राहकहरुको पाकेटफूल गर्ने जमर्को गरेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री