शुक्रबार, १४ वैशाख २०८१

बाजेको सेकुवाको तोडियो शिलबन्दी

समयपोष्ट २०७५ भदौ १८ गते १०:४७

सर्वोच्चको आदेशपछि चर्चित चेन रेष्टुरेन्ट बाजेको सेकुवाको ६ वटा आउट लेटमा गरिएको शिलबन्दी तोडिएको छ ।

Advertisement

रेष्टुरेन्टका मालिक चेतनाथ भण्डारी ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएपछि ३० जेठमा अनुसन्धान समितिले छापा मारेर शिलबन्दी गरेको थियो ।

त्यसलगत्तै, व्यक्तिगत मुद्दाका कारण डेढ सय बढी परिवारको रोजिरोटी खोसिएको भन्दै कर्मचारीहरुले विरोध जनाउँदै आएका थिए ।

विशेष अनुसन्धान समितिले गरेको शिलबन्दीविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो । १३ भदौमा सर्वोच्चले सबै शाखाहरु खोल्न अन्तरिम आदेश दिएको थियो ।

प्रहरी प्रशासन, जनप्रतिनिधि लगायतको उपस्थितिमा सोमबार शिलबन्दी तोडिएको हो । उता, रेष्टुरेन्टका मालिक भण्डारीको खोजीमा नेपाल प्रहरीले अन्तरार्ष्ट्रिय प्रहरी संगठन(इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री