मंगलबार, २८ असोज २०८२

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक: ८३,५६४ विद्यार्थी उत्तीर्ण

समयपोष्ट २०८२ असोज ११ गते १२:०५

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले शनिबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डका अनुसार, यस वर्षको पूरक परीक्षामा सहभागी १ लाख ४३,२५७ विद्यार्थीहरूमध्ये ८३,५६४ जना उत्तीर्ण भएका छन्।

बाँकी ५९,६९३ विद्यार्थी भने अनुत्तीर्ण (अवर्गीकृत) भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै यो जानकारी दिए।

Advertisement

उनले भने, “पूरक परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये ८३,५६४ जनाले उत्तीर्णता हासिल गरेका छन्, जुन समग्र नतिजाको सकारात्मक पक्ष हो।”

यो पूरक परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो।

गत वैशाखमा आयोजित एसईईको वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन-ग्रेडेड’ प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूलाई बोर्डले यो पूरक परीक्षाको अवसर प्रदान गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री