बुधबार, २९ असोज २०८२

सीटीईभीटीलाई शिक्षामन्त्री पुनको चार निर्देशन

समयपोष्ट २०८२ असोज ९ गते २१:५३


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई विभिन्न चारवटा निर्देशन दिएका छन्। मन्त्री पुनले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत यी निर्देशनहरू सार्वजनिक गरेका हुन्।

Advertisement

पहिलो, सीटीईभीटीलाई मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्न निर्देशन दिइएको छ।

दोस्रो, एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको नतिजा तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशन गर्ने व्यवस्था गर्न मन्त्री पुनले निर्देशन दिएका छन्।

तेस्रो, सीटीईभीटी कार्यालयमा विद्यार्थी, अभिभावक र शिक्षकहरूको गुनासो सुन्ने, तिनको अभिलेखीकरण गर्ने र सम्बोधन गर्ने छुट्टै शाखा तुरुन्त बनाई सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ।

चौथो, २०६९ सालदेखि हालसम्म सम्बन्धनका लागि प्राप्त सम्पूर्ण आवेदनहरूको छानबिन गरी असोज मसान्तभित्र प्रतिवेदन पेस गर्न र सम्बन्धन दिने/नदिने निर्णय तुरुन्त गर्न निर्देशन दिइएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री