शनिबार, १ कार्तिक २०८२

मन्त्री घिसिङको आह्वान : कार्ययोजना स्वीकृत गरेर काम सुरु गर्न लाग्यौँ, पुनर्निर्माण कोषमा योगदान गर्नुहोस्

समयपोष्ट २०८२ असोज ९ गते १४:४३

Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पुनर्निर्माण कोषमा सहयोग गर्न सबैलाई आह्वान गरेका छन्। सरकारले बुधबार पुनर्निर्माण कोष स्थापना गरेको घोषणा गरेको थियो।

मन्त्री घिसिङले भौतिक संरचनामा भएको आगजनी र तोडफोडले ठूलो क्षति पुगेको उल्लेख गर्दै आर्थिक पुनरुत्थान र पुनर्निर्माणका लागि यो कोष स्थापना गरिएको बताए। उनले भने, “हामीले पुनर्निर्माणको कार्ययोजना स्वीकृत गरेर काम सुरु गर्न लागेका छौं। यसमा सबैको साथ र सहयोग आवश्यक छ।”

सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति गठन गरिसकेको छ। यो समितिले पुनर्निर्माण कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने जिम्मेवारी पाएको छ। मन्त्री घिसिङले तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै देशको पुनर्निर्माण र आर्थिक स्थायित्वका लागि सक्रिय रूपमा काम गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री