५८ अंकले बढ्यो नेप्से परिसुचक
नेप्से परिसूचक ५८.६३ अंक बढेर २६८२.२५ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ९.०८ अंक, फ्लोट इण्डेक्स ३.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०१ अंक बढेको छ। यद्यपि, कारोबार रकम भने घटेको छ। आइतबार ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ६७ हजार ३८२ पटकको कारोबारमा ५ अर्ब २९ करोड २७ लाख ७३ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ५३ हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, एशियन हाइड्रोपावर र हिम स्टार उर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। मूल्य घटेका स्टकहरुको गिरावटदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको ३८ करोड ६८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। यूनिभर्सल पावर कम्पनीको साढे १८ करोड र हिमालयन डिष्टिलरीको १८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
सबै उपसमूहको परिसूचक बढेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक ३.४८ प्रतिशतले सर्वाधिक बढेको छ। जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी र विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
प्रतिक्रिया