आइतबार, २ कार्तिक २०८२

शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने, क्वाटर र सुरक्षा नचाहिने

समयपोष्ट २०८२ असोज ६ गते १८:१३

Advertisement

शिक्षामन्त्री महावीर पुनले आफूलाई सरकारी क्वाटर र विशेष सुरक्षाको आवश्यकता नरहेको बताएका छन्।

पदभार ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले मन्त्रालयमै बस्ने र खाटको व्यवस्था गर्न निर्देशन दिएको जानकारी दिए।

पुनले राष्ट्रिय आविष्कार केन्द्रबाट राजीनामा दिइसकेको बताए। उनले भने, “यो पद सम्हालेपछि मैले आविष्कार केन्द्रबाट राजीनामा दिइसकेँ।” पत्रकारले सरकारी क्वाटर नभएको अवस्थामा कहाँ बस्ने भनी सोध्दा उनले जवाफ दिए, “म जहाँ काम गर्छु, त्यहीँ बस्छु। मन्त्रालयमा एउटा कोठा बनाउनुस्, एउटा कुर्सी र किचनको व्यवस्था गर्नुस्, म आफैं पकाएर खान्छु।”

उनले सुरक्षाकर्मी पनि आवश्यक नरहेको बताए। “मलाई सेवा-सुविधाको रूपमा आएका एकजना प्रहरी र एकजना सैनिकलाई मैले कमान्डरलाई रिपोर्ट गर्न भनेको छु। म यहाँ मन्त्रालयमा बस्दा यहीँ बस्छु, बाहिर निस्किँदा पछिपछि आउनु पर्दैन,” उनले भने।
यद्यपि, उनले मन्त्रालयको गाडी औपचारिक कामका लागि प्रयोग गर्ने बताए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री