आइतबार, २ कार्तिक २०८२

सत्ता परिवर्तनपछि नेप्सेमा नकारात्मक सर्किट, कारोबार २० मिनेट स्थगित

समयपोष्ट २०८२ असोज २ गते ११:१६

Advertisement

सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च गिरावट देखिएको छ।

प्रि-ओपन सेसनमा नै नेप्से परिसूचकमा ठूलो अंकको गिरावट देखिएको थियो। नियमित कारोबार सुरु भएको दुई मिनेटमै परिसूचक १०७.०४ अंकले घटेर नकारात्मक सर्किट लागेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको छ।

यो अवधिमा २०० कम्पनीको १,८५७ पटकको कारोबारमा ३ लाख ३४ हजार २७५ कित्ता शेयर खरिद-बिक्री भएको छ। जम्मा १५ करोड ६६ लाख १६ हजार ९३७ रुपैयाँ ७० पैसाको कारोबार भएको नेप्सेले जनाएको छ।

हाल कारोबार स्थगित रहेको र बिहान ११:२२ बजे पुनः सुचारु हुने नेप्सेले जानकारी दिएको छ। यदि कारोबार सुचारु भएपश्चात् नेप्से परिसूचक थप १ प्रतिशत अर्थात् कुल ५ प्रतिशतले घटेमा दोस्रो सर्किट लागेर कारोबार ४० मिनेटका लागि पुनः स्थगित हुनेछ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री