पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्नसक्छ बजाज पल्सर १५०सिसि फेला
टाटा मोटर्सद्वारा उत्पादित टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.लि.ले दसैं, तिहार र छठ पर्वको अवसरमा ग्राहकहरूका लागि विशेष “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नामक लक्की ड्र योजना ल्याएको छ।
नेपालको सवारीसाधन बजारमा टाटा जेन्युइन पार्ट्स व्यावसायिक सवारी प्रयोगकर्ताहरूको पहिलो रोजाइको रूपमा स्थापित छ, र यो अफरले ग्राहकहरूको विश्वासलाई थप बलियो बनाउने लक्ष्य राखेको छ।
यस विशेष योजनामा सहभागी ग्राहकहरूले बम्पर उपहारसहित आकर्षक पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन्। लक्की ड्रमार्फत उपलब्ध पुरस्कारहरूमा रु. १,००,००० माथिको खरिदमा १५० सिसिको बजाज पल्सर, रु. ७५,००० माथिको खरिदमा १२५ सिसिको टिभिएस स्कुटर, रु. २५,००० माथिको खरिदमा स्मार्ट टिभी र रु. ५,००० माथिको खरिदमा स्मार्टफोन समावेश छन्। यी बाहेक, प्रत्येक खरिदमा रु. १,००० सम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ प्रदान गरिनेछ।
टाटा जेन्युइन पार्ट्सको प्रयोगले सवारीसाधनको इन्जिन, ब्रेक, क्लचजस्ता महत्वपूर्ण भागहरूलाई दीर्घकालीन स्थायित्व प्रदान गर्छ। यी पार्ट्सले मर्मत खर्च घटाउनुका साथै गाडीको समग्र कार्यक्षमता र गुणस्तरमा उल्लेखनीय सुधार ल्याउँछ। सिप्रदी अटोपार्ट्सले यो अफरमार्फत ग्राहकहरूलाई सक्कली पार्ट्सको महत्वबारे सचेत गराउँदै उत्सवको माहोलमा थप लाभ प्रदान गर्ने अपेक्षा गरेको छ।
प्रतिक्रिया