मंगलबार, ६ साउन २०८२

४४ अंक बढ्यो नेप्से परिसुचक

समयपोष्ट २०८१ असोज १४ गते १५:२०

नेप्से परिसूचक ४४.४५ अंक बढेर २५०८.८६ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ६.४५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंक बढेको छ।

३१९ स्टकको ५० हजार ६८० पटकको कारोबारमा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँ बराबरको ९७ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.१९ प्रतिशत बढेको छ। होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रशितभन्दा बढी बढेको छ। अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १५७ रुपैयाँ बढेर १ हजार ७२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। कुमारी सबल योजनाको इकाईमूल्य करिब १० प्रतिशत बढेको छ। युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको प्रभु सेलेक्ट फण्डको इकाईमूल्य सर्वाधिक ९.३६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। सर्वोत्तम सिमेन्टको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको कारोबार रकम १५ करोड नाघेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री