मंगलबार, ६ साउन २०८२

सिटिजन्स क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा

समयपोष्ट २०८१ असोज १४ गते ९:४२

सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन वटा म्युचुअल फण्डले लाभांश वितरण गर्ने भएका छन् ।

आइतबार बसेको क्यापिटलको सञ्चालक समिति बैठकले सिटिजन्स म्युचुअल फण्ड १, सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश घोषणा गरेको हो।

सिटिजन्स म्युचुअल फन्ड १ का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ९ प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड २को करसहित ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० को करसहित १० प्रतिशत नगद लाभांश रहेको छ।

लाभांश वितरण प्रयोजनका लागि ३ वटै फण्डले असोज २३ गते बुक क्लोज गर्ने भएका छन्।

यस अनुसार असोज २२ गतेसम्म कायम इकाइधनीहरुले यी फण्डहरुले वितरण गर्ने नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री