मंगलबार, ६ साउन २०८२

साताको अन्तिम दिन ३२ अंकले घट्यो नेप्से

समयपोष्ट २०८१ असोज १० गते १५:४७

साताको अन्तिम दिन नेप्से परिसूचक ३२.८१ अंक घटेर २४८६.७६ विन्दुमा झरेको छ।

सेन्सेटिभ इण्डेक्स ५.३४ अंक घटेको छ। फ्लोट इण्डेक्स २.३३ अंक घटेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स १.९६ अंक घटेको छ।

३२२ स्टकको ६५ हजार २५८ पटकको कारोबारमा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ। ११ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०१ अंक बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.३० अंक बढेको छ।

होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ। जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.८५ प्रतिशत बढेको छ। बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ।

ग्रीन भेन्चर्स लिमिटेडको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ५९ रुपैयाँ घटेर ५३१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४७ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। एनएलजी इन्स्योरेन्सको साढे १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री