मंगलबार, ६ साउन २०८२

५९ अंक घट्यो नेप्से परिसुचक

समयपोष्ट २०८१ असोज ७ गते १५:२९

नेप्से परिसूचक ५९.०२ अंक घटेर २५२९.३३ विन्दुमा झरेको छ।

सेन्सेटिभ इण्डेक्स ९.०२ अंक घटेको छ। फ्लोट इण्डेक्स ४.०३ अंक घटेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२४ अंक घटेको छ।

३२९ स्टकको ७७ हजार १५३ पटकको कारोबारमा ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ वटै उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.५६ प्रतिशत घटेको छ। होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

हिमालयन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशत बढेको छ। एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। रावा इनर्जी डेभलपमेन्ट, नेपाल फाइनान्स र मातृभूमि लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन ४ स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड र इष्टर्न हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २१ करोड १३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। सिईडिबी हाइड्रोपावर डेभलपमेन्टको करिब साढे १३ करोडको शेयर खरिदबिक्री भएको छ। हिमालयन रि इन्स्योरेन्सको साढे १२ करोडको शेयर कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री