सुपरमाई हाईड्रोपावरले घोषणा गर्यो लाभांश
समयपोष्ट
२०८१ भदौ १८ गते १०:४२
सुपरमाई हाईड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट शेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको गत भदौ १७ बसेको सञ्चालक समितिको बैठकले सात प्रतिशत बोनश शेयर तथा कर प्रयोजनसहित ५.६३ % नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगको स्वीकृति तथा आर्थिक वर्ष २०८०/८१ को लागि बस्ने कम्पनीको आगामी १० औ वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात् मात्र शेयरधनीले पाउने छन् ।
प्रतिक्रिया