शनिबार, ३ साउन २०८२

सुनको आयात कोटा बढ्याे, अब दैनिक २० किलो ल्याउन पाइने

समयपोष्ट २०८० असोज १० गते २१:१४

दैनिक रुपमा आयात गर्न सकिने सुनको परिमाण २० किलो कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकले आज ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो । यसअघि दैनिक १० किलोसम्म सुन आयात गर्न सकिने व्यवस्था थियो ।

विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले २०७८ फागुनमा सुन आयातको कोटा दैनिक २० किलोवाट १० किलोमा झारेको थियो ।

सुनचाँदी व्यवसायीले आयातको कोटा बढाउनुपर्ने माग राख्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री