सुन आयातको कोटा बढ्यो, अब दैनिक २० किलो आयात गर्न पाइने
समयपोष्ट
२०८० असोज ९ गते १०:४५
नेपाल राष्ट्र बैंकले सुन आयातको कोटालाई दोब्बर बनाउने निर्णय गरेको छ ।
राष्ट्र बैंकको संचालक समितिको बैठकले सुन आयातको दैनिक कोटालाई हालको १० किलोबाट बढाएर २० किलो बनाउने निर्णय गरेको हो ।
कोटा प्रणालीअनुसार वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्न पाउने व्यवस्था छ । राष्ट्र बैंकले सर्कुलर जारी गरेर यसबारे औपचारिक जानकारी र निर्देशन दिने तयारी गरेको छ । लगत्तै वाणिज्य बैंकले २० किलो आयात गर्न पाउनेछन् ।
चाडपर्व नजिकिदै गर्दा माग अनुसार नपुगेको भन्दै सुन व्यवसायीहरूले पटक पटक कोटा बढाउन माग गरिरहेका थिए। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले केन्द्रीय बैंकलाई सुनको आयात कोटा बढाउन सिफारिस गरेको थियो। सोहि अनुसार राष्ट्र बैंकले कोटा बढाएको हो।
प्रतिक्रिया