शुक्रबार, २ साउन २०८२

एभरेष्ट बैंकले डाक्यो साधारणसभा

समयपोष्ट २०८० असोज ८ गते ९:५९

एभरेष्ट बैंकले वार्षिक साधारणसभा डाकेको छ। बैंकले असोज ३० गते वार्षिक साधारणसभा आह्रवान गरेको छ ।

बैंकले नगद र बोनस सेयर पारित गर्ने एजेण्डासहित असोज ३० गते वार्षिक साधारणसभा आह्रवान गरेको हो ।

बैंकले १० प्रतिशत बोनस सेयर दिने छ। बैंकले १०.५३ प्रतिशत नगद पनि प्रस्ताव गरेको छ।

बैंकको अहिले चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँ छ। बोनस सेयर वितरणपछि एक अर्ब ६ करोड रुपैयाँले चुक्ता पुँजी बढ्ने छ।

बैंकले साधारणसभा प्रयोजनका लागि असोज १६ गते बुकक्लोज गर्ने छ। अघिल्लो दिनसम्म सेयर खरीद गर्नेले साढे २० प्रतिशत लाभांश पाउने छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री