आइतबार, ६ जेठ २०८१

यामाहाको एफ जेड एस भि थ्रि सार्वजनिक

समयपोष्ट २०८० भदौ २७ गते १७:५२

Advertisement

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमडब्लु इन्टरप्राइजेजले एफ जेड एस एफवान भि थ्रि को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ । यो मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लु रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ ब्याकलाइट डिजाइनले सो मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिस तथ्व थपेको छ । FZ-SR1V.3 उत्कृष्ट ह्याण्डलिंग र मस्कुुलर डिजाइनका लागि प्रतिष्ठित छ । फ्युल इन्जेक्सन १४१ सीसी सहित यामाहारको उत्कृष्ट टेक्नोलोजीमा निर्मित FZ-SF1 भर्सन 3.0 मा एयर कुल्ड फोर स्ट्रोक १४९ cc SOHC, दुई भल्व, एकल सिलिण्डर इन्धन इन्जैक्टेड इञ्जिन माउण्ट गरिएको छ । जुन रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभुुति र ओभरटेक गर्दाको रमाइलो अनुभुतिलाई थप रोमाञ्चित गर्न अध्यावधिक गरिएको हो । यस बाहेक सो मोटरसाइकल डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएसले सुसज्जित छ ।

एमएडब्लु इन्टरप्राइजेज टु व्हिलर डिभिजनका सिइओ राजु क्षेत्रिले भने, “एफ जेड एस भि थ्रि मोटरसाइकल प्रेमिहरुको मनमा बस्न सफल मोडल हो । नयाँ रंग विकल्पहरु,नेभि ब्लु र मेटालिक ग्रे तथा राइडिंगको अनुभव बढाउने रोमाञ्चक अपडेटहरुसहित नयाँ भेयिण्ट सार्वजनिक गर्न पाउँदा हर्षित छौ ।”

क्षेत्रिले भने, “नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टिनेस, स्टाइल र उत्साहका विशेषताहरुलाइ साँच्चै झल्काउने छ । यामाहा एफ जे एसले सधै आफ्नो दायरा फराकिलो पार्दै प्रर्दशन र शैलीको सन्दर्भमा उत्कृष्ट प्रर्दशन गर्ने गरेको छ । नेपाली बजारमा यी अपडेटहरु ल्याउन पाउँदा अत्यन्तै खुसी छौ ।”

Advertisement


यामाहाको एफ जेड थ्रि सिरिजले नेपाली बजारमा २००८ देखि आफ्नो विरासत बनाइरहेको छ । यामाहा मोटर्सद्धारा उत्पादित मोटरसाइकलहरुको यो लोकप्रिय लाइन यसको प्रर्दशन उन्मुख सुविधाहरुको साथमा स्पोर्टी र उन्नत शैलीको लागि परिचित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री