शनिबार, ८ वैशाख २०८१

राष्ट्रिय वाणिज्य बैंकको संचालक समिति सदस्यमा लक्ष्मण घिमिरे मनोनित

समयपोष्ट २०७९ असोज १३ गते २०:००

Advertisement

राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिको सदस्यमा पूर्व बैंकर लक्ष्मण घिमिरे मनोनित भएका छन् । घिमिरे स्वतन्त्र (विज्ञ ) समूहबाट सदस्यमा मनोनित भएका हुन् ।

आज बसेको बैंक सञ्चालक समितिको बैठकमा घिमिरेले पद तथा गोपनियताको शपथ पनि लिएका छन् । उनले बैंक सञ्चालक समितिका अध्यक्ष डा . बलराम पाठक समक्ष  पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् ।

घिमिरेको बैंकिङ क्षेत्रमा झण्डै ३५ वर्षको अनुभव रहेको छ । उनले ३० वर्ष कृषि विकास बैंकमा शाखा तथा विभागमा रहेर काम गरेका थिए ।

यस्तै ५ वर्ष राष्ट्रिय स्तरको लघुवित्त संस्था आरम्भ चौतारीमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री