शनिबार, १५ वैशाख २०८१

रियलमीको नयाँ फोन सार्वजनिक

समयपोष्ट २०७९ असोज १३ गते १९:३८

Advertisement

स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा ५० एमपी एआई क्यामेराको साथ एन्ट्री–लेभल सेगमेन्टमा उच्चतम पिक्सेल भएको स्टाइलिश बजेट सी–सिरिजमा रियलमी सी३३ को नयाँ संस्करण अनावरण गरेको छ। यो स्मार्टफोनले बाउन्डलेस सी डिजाइन, राइट–एंगल बेजेलको साथ प्रयोगकर्ताहरूलाई व्यापक, अत्याधुनिक र गतिशील अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

लन्चको बारेमा बोल्दै रयलमी नेपालका हेड, मुनिष गिरीले भने, “रियलमीको एन्ट्री–लेभल सी सिरिज अन्तर्गत २०१८ को सेप्टेम्बरमा लन्च भएको रियलमी सी१ संगै प्रयोगकर्ताहरूको राम्रो प्रतिक्रिया पाउँदै आएको छ । जसले गर्दा हामी यसको पोर्टफोलियो विस्तार गर्न सक्षम भएका छौं । सी सिरिजको साथमा हामीले उचित मूल्यमा उच्च प्रविधि, पवोर र डिजाइनको आदर्श फ्युजनको स्मार्टफोनहरू उपलब्ध गराउने लक्ष्य राखेका छौं। नयाँ फोन उपभोक्ताहरूलाई उत्कृष्ट स्मार्टफोनहरु प्रदान गर्ने हाम्रो प्रयासको अर्को दृष्टान्त हो, र हामी विश्वस्त छौं हाम्रा प्रयोगकर्ताहरूले यसलाईउतिकै माया र समर्थन दिनुहुनेछ ।”

स्टाइलिस डिजाइन

बजारमा पाइने अन्य स्मार्टफोन भन्दा स्टाइलिश लुक र उत्कृष्ट फिनिश भएको realme C33 ले प्लास्टिकको सट्टा ब्याक केस डिजाइनको लागि PC / PMMA दुवै सामग्रीहरू अपनाउँछ, जसले स्थायित्व सुनिश्चित गर्दै पारदर्शी दृश्य प्रभाव प्रदान गर्दछ । realme C33 मा रहेको पछाडिको केसमा माइक्रोन–स्तरको लिथोग्राफी प्रविधिबाट सिर्जना गरिएको रेखाहरुले विभिन्न कोणबाट हेर्दा विभिन्न भिजुअल ईफेक्ट प्रदान गर्दछ । विभिन्न कोणबाट हेर्दा गतिशील भिजुअल प्रभाव सिर्जना गरी यसको पछाडिको केसमा एक अद्वितीय रेखा ढाँचा सिर्जना गर्न माइक्रोन–स्तर प्रशोधन र लिथोग्राफी प्रविधि अपनाउछ। थप रूपमा, फोन एक चम्किलो र उज्यालो स्यान्ड कम्पोजिटको साथ पानीको बनावट रहेको छ । यस स्मार्टफोनमा प्रिमियम राइट–एंगल बेजेल र क्यामेरा बम्पको साथ युनि–कभर ब्याक कभर पनि राखिएको छ ।

मूल्य दायरामै एक मात्र 50MP क्यामेरा फोन

५० एमपी एआई प्राइमरी क्यामेरा फिचर भएको यस स्मार्टफोन मूल्य दायरामै उत्कृष्ट क्यामेरा प्रदान गर्ने एक मात्र स्मार्टफोन हो । प्रयोगकर्ताहरूले आफ्नो उपकरणमा छण्ःए मोड सक्रिय गरेर क्रिस्पी डिटेलको साथ ब्लकबस्टर शटहरू लिन सक्नेछन् । त्यति मात्र नभई यस स्मार्टफोनमा नाइट मोड, एचडीआर मोड, टाइमल्याप्स, पानोरामिक भ्यू मोडहरू पनि प्रदान गर्दछ जसले जीवनका सबै प्रकारका प्रेरणादायी क्षणहरू क्याप्चर गर्न समर्थन गर्दछ ।

सबै खालका अनुभव प्रदान गर्ने सोलिड अलराउन्डर

फ्रन्ट डिस्प्लेमा realme C33 ले 6.5–इन्च( 6.5) मिनी–ड्रप डिस्प्लेको साथ फुल–स्क्रिनको अनुभव प्रदान गर्दछ । यसमा समावेश गरिएको 5000mAh ब्याट्रीको साथ स्ट्यान्डबाइमा ३७ दिनसम्म रहन सकिन्छ भने अल्ट्रा–सेभिङ मोडमा ५% ब्याट्री ब्याकअपमा पनि 1.8 घण्टासम्मको कलिङ टाइम प्रदान गर्दछ । छिटो–छरितो अनुभवका लागि Unisoc T612 प्रोसेसर, UFS 2.2 र एन्ड्रोइड 12 समावेश गरिएको यो ]C सिरिजको पहिलो स्मार्टफोन हो । यस स्मार्टफोनमा थप सुरक्षाको लागि साइड–फिंगरप्रिन्ट सेन्सरलाई पनि समर्थन गर्दछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री