मंगलबार, ११ वैशाख २०८१

कांग्रेसको भागमा ८६ सिट, हेर्नुहोस् कहाँ कहाँ ?

समयपोष्ट २०७९ असोज १३ गते ८:३७

Advertisement

सत्ता गठबन्धनबिच नेपाली काँग्रेसलाई ८६ सिट दिने सहमति भएको छ ।

गठबन्धनको बुधबार बसेको बैठकमा उक्त सहमति भएको हो । जस अनुसार कांग्रेसले काठमाडौं – १, १०, ३,४,५,६, भक्तपुर – १ र २, ललितपुर – १, काभ्रे -२ सिन्धुपाल्चोक – २ र मकवानपुर- १

सर्लाही – ४, बारा- १, पर्सा -३ र ४, सिन्धुली-१, रसुवा, धादिङ – २, नुवाकोट -२, पाउने छ । त्यस्तै कञ्चनपुर- ३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली- १, ४, ५, अछाम -२, बाजुरा, सुर्खेत- १ र २, दैलेख – २, मुगु, नवलपरासी पश्चिम -२, बर्दिया- १ रहेको छ ।

यसैगरी चितवन – १ र २, गोरखा – १, मनाङ, कास्की- १, तनहुँ- १ र २, स्याङ्जा- १ र २, नवलपरासी पूर्व- १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी- १, पाल्पा- १, अर्घाखाँची, रुपन्देही – ३,४ र ५, कपिलबस्तु – २, ३, दाङ- ३ र बाँके – ३ निर्वाचन क्षेत्रबाट पनि काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।

यसैगरी पाँचथर, इलाम-२, झापा – १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ-१,२,३ र ६, सुनसरी – २,३ र ४, ओखलढुंगा, उदयपुर – १, सप्तरी -३, ४, सिरहा – १, २ धनुषा- २, ३ र ४ महोत्तरी – २ र ३ निर्वाचन क्षेत्र पनि काँग्रेसले लिने सहमति भएको छ ।

जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा – ४ मा जसपा, महोत्तरी – ३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ । दैलेख-१ मा एकीकृत समाजवादीको पनि दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री