आज पनि घट्यो सुनको मुल्य

आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको बजार मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। सोमबार सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य मंगलबार तोलामा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार एक सय ५० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय ६० रुपैयाँमा थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १६३०.०८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस १८.४८ डलर छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री