अग्नि मोटोइन्कद्धारा ‘नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट’ सार्वजनिक

अग्नि मोटोइन्कले ‘नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट’ सार्वजनिक गरेको छ ।

Advertisement

नयाँ ४ सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादन गर्ने इन्जिन, सानो आकार, कम तौल र सुन्दर डिजाइनका साथ आएको कम्पनीले जनाएको छ ।

१२५ केभीए “४ सिलिन्डर” डिजेल जेनसेट नेपालभर रहेका आफ्ना सबै डिलर नेटवर्कबाट उपलब्ध गराइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल महिन्द्रा पावोरलले नेपालमा ५ केभीए देखि ६२५ केभीए सम्मका डिजेल जेनेरेटर बिक्री गरिरहेको छ । यो नयाँ जेनसेट लन्च गरेसँगै यसले उपभोक्ताहरूका लागि उत्कृष्ट इन्धन दक्षता, कम लागत र उत्कृष्ट प्रदर्शन दिनेछ, जसले ग्राहकको व्यवसायलाई कुशलतापूर्वक अघि बढाउने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री