बिहीबार, १५ चैत २०८०

तीस तस्वीरमा हेर्नुहोस् ‘ईभी अटो शो’

समयपोष्ट २०७९ असोज ७ गते १८:२५

Advertisement

नेपालकै पहिलो ‘ईभी अटो शो’ बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । नेपालमा पहिलो पटक भएको ईभी शोमा विभिन्न ब्राण्डको उत्साहपूर्ण सहभागिता देखिएको छ ।

असोज ६ गतेदेखि ९ गतेसम्म ४ दिन चल्ने ईभी शोमा ९ वटा चारपाङ्ग्रेसहित एउटा तीन पाङ्ग्रे (अटो), १६ वटा दुई पाङ्ग्रे र अन्य अटो कम्पोनेट गरी कुल ५१ वटा ब्राण्डले सहभागिता जनाएका छन् । जसमा ४ वटा वित्त कम्पनीको समेत सहभागिता छ । सिएट द्वारा प्रायोजित नाडा ईभी शोमा न्यूनतम् १६ लाख रुपैयाँको गाडीदेखि अधिकतम २ करोड ३० लाख रुपैयाँ मूल्य बराबरको गाडी प्रदर्शन गरिएका छन् ।

ग्रीन अटोमोबिलिटी सर्भिस प्रालिले नाडा ईभी अटो शोमा चार पाङ्ग्रे मध्येकै सबैभन्दा सस्तो अर्वन मोविलिटी गाडी ‘सिटी स्प्रीड’लाई उतारेको छ भने विश्व प्रसिद्ध अटोमोबाइल कम्पनी टेस्लाले २ करोड ३० लाख रुपैयाँ मूल्यको मोडल वाई गाडी प्रदर्शनीमा उतारेको छ ।

गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता रहेको छ। अग्नी ग्रुपले ३ पांग्रे टेरो ब्रान्ड सहभागी गराएको छ ।
टाटाको गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङले नेक्सन इभी, नेक्सन इभी डार्क र टिगोर इभीलाई पनि प्रदर्शनीमा राखेको छ। कम्पनीले नेक्सन इभीमा बिक्रीमा आकर्षक योजना ल्याएको छ।

हुन्डाई गाडी बिक्री गर्ने लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक-५ र कोना प्रदर्शनीमा राखेको छ। एक्स्पोमा टेस्लाले पनि आफ्नो गाडी राखेको छ। टेस्लाको आधिकारिक बिक्रेता कम्पनीले टेस्लाको वाई मोडलको दुईवटा गाडी प्रदर्शनीमा राखेको छ। एनइभी नेपाल प्रालिले ज्याक इभी एक्स्पोमा राखेको छ । श्री इको भिजनरीले दुई वटा मोडल सिटी स्प्रिट र लङमा प्रदर्शनीमा राखेको छ। यस्तै सिजी मोटर्सले नेटा भी प्रदर्शनीमा राखेको छ।

दुई पांग्रे ब्रान्डमा लेभ्निङ, एनआईयु, यडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स लगायतका ब्रान्डको उपस्थिती रहेको छ ।

तस्वीरहरु : कविन्द्र महर्जन/ समयपोष्ट

प्रतिक्रिया

सम्बन्धित सामाग्री