शनिबार, ८ वैशाख २०८१

सुजुकीले ल्यायो ‘पर्वोत्सव’ ग्राहक योजना

समयपोष्ट २०७९ असोज २ गते १७:२१

Advertisement

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारको अवसरमा आकर्षक ग्राहक योजना ल्याएको छ ।

कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ सम्म नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउन सकिनेछ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुने कम्पनीले जनाएको छ ।

सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री