सन्दीप लामिछाने फरार !

नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने अहिले सम्पर्कविहीन भएका छन्। सन्दीपले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गर्दै नेपाल फर्किन्छु भनेको ५ दिन बितिसकेको छ। तर बुधबारसम्म पनि उनी नेपाल फर्केका छैनन्। २ दिन लाग्ने बाटोमा ६ दिनसम्म नआए पछि सन्दीप कता गए भनेर जनसमुदायमा चासो बढ्दै गएको छ।

Advertisement

शुक्रबार उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै नेपाल चाँडै फर्कन्छु भनि आफ्नो फेसबुक मार्फत बताएका थिए। टिकटको प्रकिया सकेर जतिसक्दो चाँडो नेपाल आउने उनको भनाइ थियो।उनले आफू निर्दोष भएको र नेपालको कानुनमा पूर्ण विश्वास राखेको प्रतिक्रिया दिएका थिए। साथै सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय समेत गरेको उनले बताएका थिए।

आफूमाथि लागेको सबै आरोपहरूको सामना गर्न तयार छु भनेका उनी अहिले सम्पर्कविहीन भएका छन्। सन्दीपले वेस्ट इन्डिजबाट सामाजिक सञ्जालमा सो प्रतिक्रिया दिएका थिए। उनलाई वेस्टइन्डिज बाट काठमाडौ झर्न समान्य तय २ दिन मात्र लाग्छ। सन्दीप आइतबार वा सोमबार सम्ममा नेपाल आइसक्ने अनुमान गरिएको थियो। तर उनी अझै फर्किएका छैनन्। नागरिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री