शुक्रबार, ७ वैशाख २०८१

नेशनल लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७९ भदौ २८ गते १२:१९

Advertisement

नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार रहेको छ । कम्पनीले हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १ सय ५२ को १५ प्रतिशतको दरले बोनस शेयरको रुपमा ६० करोड ५२ लाख ७३ हजार ७ सय २३ रुपैयाँ बराबरको बोनस शेयर प्रदान गर्ने, तथा प्रस्तावित उक्त वोनस शेयरमा लाग्ने कर रकमका लागि ०.७८९ प्रतिशतका दरले हुन आउने ३ करोड १८ लाख ५६ हजार ५ सय १२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री