मंगलबार, २५ वैशाख २०८१

एनआईसी एशिया बैंकका ग्राहकलाइ दराजमार्फत किनमेल गर्दा २५ सयसम्म छुट

समयपोष्ट २०७९ भदौ २८ गते १२:११

Advertisement

एनआईसी एशिया बैंकले दशैंको उपलक्ष्यमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ ।

भाद्र २९ देखि आगामी असोज ११ सम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा रू.२ हजार सम्मको छुट उपलब्ध हुनेछ । त्यसैगरी क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा रू.२ हजार ५ सय सम्मको छुट उपलब्ध हुनेछ ।

चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो ।

आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आइ सर्भमार्फत एवं एपमार्फत सहजै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी योजनाको अधिकतम फाइदा उठाउन बैंकले आग्रह गरेको छ ।

Advertisement

बैकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री