आइतबार, ६ जेठ २०८१

गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी विवादमा कांग्रेसद्वारा सर्वोच्चमा रिट

समयपोष्ट २०८१ वैशाख २५ गते १३:१९

Advertisement

कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतसम्बन्धी विवादमा सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेयले मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको दाबी गर्दै उक्त घोषणालाई बदर गर्न माग गरेका छन्।

उनले संविधानको धारा १६८ (२) अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका छन्।

Advertisement

गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत पर्दा पनि सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री