शनिबार, ५ जेठ २०८१

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

समयपोष्ट २०७९ भदौ २६ गते १२:२६

Advertisement

कुमारी बैंकले आजदेखि संस्थापक सेयर बिक्री गर्ने भएको छ।

बैंकले संस्थापक सेयरधनीहरू महेश सिंहको १७ हजार ९३२ र ललित बहादुर केसीको १ हजार कित्ता गरि १८ हजार ९३२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आइतबारबाट ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ ।

Advertisement

उक्त समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री